कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया वैशाख २ बाट सुरु, ४ गते निर्वाचन

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

13
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि वैशाख २ गतेदेखि प्रक्रिया सुरु गर्ने भएको छ। दलको नेता चयनका लागि ४ गते निर्वाचन गर्ने तयारी गरिएको छ।

निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार वैशाख २ गते बैठक बसेर प्रक्रिया सुरु गरिनेछ। वैशाख ३ गते सहमतिको प्रयास गरिने र सहमति हुन नसके ४ गते निर्वाचनमार्फत दलको नेता चयन गरिनेछ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक गरी ३८ सांसद निर्वाचित भएका छन्। तीमध्येबाट दलको नेता चयन गरिनेछ।

दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले आकांक्षा व्यक्त गरेका छन्। केसी र आङ्देम्बेले सार्वजनिक रूपमा नै आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्।

निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य रहेका छन्।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...