दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

15
Share
Featured

काठमाडौँ

नवलपुरका स्थानीयवासीले दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री सुदन गुरुङको ध्यानाकर्षण गराएका छन्।

आइतबार नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न उद्योगबाट निस्किएको फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तुहरू प्रभावित भएको बताएका हुन्।

स्थानीयवासीका अनुसार दूषित पानीका कारण गैँडासहित कैयौँ वन्यजन्तु मृत अवस्थामा फेला परेका छन्। उनीहरूले औद्योगिक क्षेत्रबाट निस्किने फोहोरको उचित व्यवस्थापन नगर्दा यस्तो समस्या उत्पन्न भएको गुनासो गरेका छन्।

यसअघि गृहमन्त्री गुरुङले उक्त औद्योगिक क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए। स्थानीयले समस्याको समाधानका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन्।

यो समाचारमा

काठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...