कानुन निर्माण र कार्यान्वयनमा निष्पक्षताका साथ काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

33
Share
Featured

काठमाडौँ

सभामुख डोल प्रसाद अर्यालले कानुन निर्माण र कार्यान्वयनमा निष्पक्षताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धादिङ नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देश र जनताको हितलाई केन्द्रमा राख्दै तटस्थ भूमिका निर्वाह गर्ने बताएका हुन्।

सभामुख अर्यालले संविधान संशोधन तथा नयाँ कानुन निर्माणका क्रममा सहजकर्ताका रूपमा काम गर्ने उल्लेख गर्दै विकास, समृद्धि र जनताको खुसीलाई प्राथमिकतामा राखिने बताए।

उनले जनताले प्रत्यक्ष लाभ पाउने गरी कानुन निर्माण प्रक्रिया ‘फास्ट ट्रयाक’ बाट अघि बढाइने प्रतिबद्धता जनाए। साथै, बूढीगण्डकी जलाशययुक्त आयोजनालाई अघि बढाउन सरकारलाई निरन्तर दबाब दिने पनि उनले बताए।

यो समाचारमा

काठमाडौँडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...