नागरिक एप मार्फत एनओसी र लोकसेवा प्रवेशपत्र : एक साताभित्र सेवा सुरु हुने तयारी

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

19
Share
Featured

काठमाडौँ

अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) र लोक सेवा आयोगको प्रवेशपत्र नागरिक एप मार्फत नै प्राप्त गर्न सकिने भएको छ। सूचना प्रविधि विभागले यी सेवाहरू एक साताभित्र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

विभागका अनुसार वैदेशिक अध्ययनका लागि आवश्यक एनओसी, लोक सेवा आयोगको प्रवेशपत्र तथा निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस) समेत नागरिक एपबाटै उपलब्ध गराइनेछ। हाल यी सेवाहरू प्राविधिक परीक्षणको चरणमा रहेको र छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिइएको छ।

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साह ले प्रणाली कार्यान्वयनमा आएसँगै सरकारी सेवा लिनका लागि लाइन बस्नुपर्ने र कागजी प्रक्रिया झेल्नुपर्ने झन्झटमा उल्लेख्य कमी आउने बताए।

गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत यस योजनालाई अघि बढाइएको हो। सोही अनुसार डा. विक्रम तिमिल्सिना को निर्देशनपछि विभागले सम्बन्धित निकायहरूसँग समन्वयलाई तीव्र बनाएको जनाएको छ।

यसैक्रममा नेपाल इन्जिनियरिङ परिषद् सँग सम्झौता भइसकेको र छिट्टै इन्जिनियरहरूको व्यावसायिक प्रमाणपत्र पनि एपमै उपलब्ध गराउने तयारी गरिएको छ। सरकारले नागरिक एपलाई सबै सरकारी सेवा उपलब्ध हुने एकीकृत डिजिटल प्लेटफर्म बनाउने लक्ष्य राखेको छ।

यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) अनलाइनबाट उपलब्ध गराउने व्यवस्था सफल भइसकेको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले अझ सहज र छिटो सेवा पाउने अपेक्षा गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी,

    Data is loading...

    Loading brands...

    Loading footer...