प्रधानमन्त्रीले आफैं सम्हाले श्रम मन्त्रालय, मन्त्री दीपक शाह पदमुक्त

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

17
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने निर्णय गरेका छन्।

राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहले श्रम मन्त्रालय आफ्नो मातहतमा राखेको उल्लेख गरिएको छ। यससँगै मन्त्री दीपक शाह पदमुक्त भएका छन्।

अन्य मन्त्रीहरूको जिम्मेवारी भने यथावत् राखिएको जनाइएको छ। गत चैत १३ गते गठन भएको मन्त्रिपरिषद्मा यो परिवर्तनसँगै सदस्य संख्या घटेर अब १४ सदस्यीय बनेको छ।

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन हेरफेरसम्बन्धी विज्ञप्ति सार्वजनिक गर्दै उक्त निर्णयको जानकारी दिएको हो।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...