काठमाडौँ
निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल नेपालले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले सेवा शुल्कमा करिब ६५ प्रतिशतसम्म कटौती गर्दै अनलिमिटेड कम्बो प्याक ल्याएको हो।
यसअघि १ हजार ९९९ रुपैयाँ पर्ने सेवा अब ६९९ रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ अफरअन्तर्गत ग्राहकले २८ दिनसम्म अनलिमिटेड कल, अनलिमिटेड डेटा र दैनिक १०० एसएमएसको सुविधा पाउनेछन्।
यस प्याकमा कुनै पनि नेटवर्कमा असीमित कल गर्न सकिने व्यवस्था गरिएको छ। इन्टरनेट प्रयोगकर्ताका लागि अनलिमिटेड डेटा उपलब्ध हुने भएकाले अनलाइन काम, अध्ययन, गेमिङ तथा मनोरञ्जनका लागि सहज हुने कम्पनीको दाबी छ।
त्यसैगरी, प्याकमा लायन्स गेट प्लेमा निःशुल्क पहुँचको सुविधा पनि समावेश गरिएको छ, जसमार्फत ग्राहकले विभिन्न हलिउड चलचित्र, टेलिभिजन शो तथा वृत्तचित्र हेर्न सक्नेछन्।
एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राख्दै यो अफर ल्याइएको हो। यसले डिजिटल नेपाल अभियानलाई समेत सहयोग गर्ने कम्पनीको विश्वास छ।
ग्राहकले आफ्नो मोबाइलबाट *123# डायल गरी वा एनसेल एपमार्फत यो प्याक सुचारु गर्न सक्नेछन्। साथै नजिकैको एनसेल सेन्टर तथा आधिकारिक पसलबाट पनि सेवा लिन सकिने कम्पनीले जनाएको छ।