ओलीले भने– प्रमाण नपुगेपछि रिहा भएँ, केही दिन अस्पतालमै उपचार गर्ने

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

19
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि लगाइएको मुद्दा चलाउन आवश्यक आधार र प्रमाण नपुगेको कारण रिहा भएको बताएका छन्।

उनले आफूमाथि सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्। साथै, मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफ्नो रिहाइ भएको भन्दै यस प्रक्रियामा समर्थन गर्नेहरूप्रति आभार प्रकट गरेका छन्।

ओलीले हिरासतमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा संलग्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन्।

त्यसैगरी उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गरेका छन्। राज्य उदासीन भए आफ्नो पार्टीले उपचार खर्च बेहोर्ने पनि उनले बताएका छन्।

ओलीले स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै बसेर उपचार गर्ने जानकारी समेत दिएका छन्।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...