डिजिटल ट्रान्सफरमेसन प्रोजेक्टलाई तीव्रता दिने सरकार र विश्व बैंकको छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

18
Share
Featured

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाविश्व बैंकका उच्चस्तरीय प्रतिनिधिबिच सिंहदरवारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। बुधबार भएको उक्त भेटमा विश्व बैंकका दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने निर्देशक डेभिड सिस्लेनसहितको टोलीले मन्त्री तिमिल्सिनालाई बधाई दिँदै आपसी सहयोग र आगामी सहकार्यका विषयमा छलफल गरेको हो।

भेटका क्रममा नेपालको सूचना प्रविधि क्षेत्रको विकास र डिजिटल रूपान्तरणसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको छ। विश्व बैंकका निर्देशक सिस्लेनले नेपालमा कार्यान्वयनको चरणमा रहेको ‘नेपाल: डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ लाई तीव्रता दिनुपर्ने विषयमा चासो व्यक्त गरेका छन्।

उनले उक्त परियोजनाले सरकारको शासकीय सुधारको कार्यसूचीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सूचना प्रविधिको पहुँच विस्तार, डाटा व्यवस्थापन, मिडिया साक्षरता र शासकीय सुधारका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

यता, सञ्चारमन्त्री डा. तिमिल्सिनाले विश्व बैंकले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै डिजिटल ट्रान्सफरमेसन प्रोजेक्टलाई प्रभावकारी रूपमा अघि बढाइने स्पष्ट पारे। उनले पूर्वाधार विकास र नागरिक सेवा प्रवाहलाई नतिजामुखी बनाउने सरकारको प्राथमिकता रहेको बताउँदै विगतका कमजोरी सुधार गरी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए।

उक्त भेटघाटमा मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख आदेश खड्का, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विश्व बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

यो समाचारमा

सिंहदरवारविश्व बैंकविक्रम तिमिल्सिनाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...