राजदूतहरूसँग प्रधानमन्त्री बालेन्द्र साहको सामूहिक छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

37
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन्। साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विदेशी कूटनीतिज्ञहरूसँग भएको यो पहिलो सामूहिक भेटघाट हो।

बुधबार मध्याह्न सिंहदरबारमा आयोजित छलफलमा परराष्ट्रमन्त्री शिशिर खनालको पनि उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले उक्त भेटघाट आयोजना गरिएको हो।

छलफलका क्रममा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्यदिशा, आगामी योजना र प्राथमिकताका विषयमा चासो व्यक्त गरेका थिए।

जवाफमा प्रधानमन्त्री साहले आफ्नो सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारे। उनले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित रूपमा अघि बढाउँदै विकास साझेदारहरूसँग सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँशिशिर खनालपरराष्ट्र मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...