राष्ट्रियसभाका चार समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

19
Share
Featured

काठमाडौँ

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। उनीहरूलाई राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराएका हुन्।

मंगलबार चयन भएका सभापतिहरूमध्ये सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाया रहेका छन्।

राष्ट्रियसभामा दलहरूबीच भएको सहमतिअनुसार चार दलबाट एक–एक जना सभापति चयन गरिएको हो। उक्त सहमतिअनुसार एमालेबाट उपाध्यक्ष बनेपछि बाँकी समितिको नेतृत्व नेपाली कांग्रेस, नेकपा र जसपा नेपालले एक–एक समितिको सभापति पाउने व्यवस्था गरिएको थियो।

यो समाचारमा

काठमाडौँनारायण प्रसाद दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...