गुणाकर भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

24
Share
Featured

काठमाडौँ

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा चर्चामा रहेका अर्थशास्त्री हुन्।

गभर्नर चयन प्रक्रियामा उनी अन्तिम चरणसम्म पुगे पनि राजनीतिक सहमति नजुट्दा नियुक्ति हुन सकेको थिएन। तत्कालीन सत्ता गठबन्धनका कारण अन्तिममा उनको नाम सिफारिस सूचीबाट बाहिरिएको थियो।

२५ वर्षभन्दा बढी राष्ट्र बैंकमा कार्य अनुभव संगालेका भट्टले बैंकिङ, मौद्रिक नीति, नियमन तथा भुक्तानी प्रणाली जस्ता क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्।

उनी अब योजना आयोगको उपाध्यक्षको रूपमा देशको विकास योजना निर्माण र आर्थिक नीतिगत समन्वयमा भूमिका निर्वाह गर्नेछन्।

यो समाचारमा

सिंहदरवारकाठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...