इन्धन असहजता र बढ्दो महँगीप्रति राष्ट्रियसभा सांसदहरूको ध्यानाकर्षण

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

20
Share
Featured

काठमाडौँ

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता, मूल्यवृद्धि र बढ्दो महँगीका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनजीविकासँग सम्बन्धित विभिन्न समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन्।

सांसदहरूले पुँजी बजारमा लगातार देखिएको गिरावट, सवारी दुर्घटनाको बढ्दो संख्या, पश्चिम एसियामा रहेका नेपाली कामदारको अवस्था, साइबर अपराधको वृद्धि तथा इन्धन मूल्यवृद्धिका कारण बढ्दो मुद्रास्फीतिप्रति चिन्ता व्यक्त गरे। उनीहरूले बजारमा भइरहेको मूल्यवृद्धिलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।

त्यसैगरी, सरकारी कार्यालय र शिक्षण संस्थामा लागू गरिएको दुई दिने बिदाको व्यवस्थाले पार्ने प्रभावबारे पनि सांसदहरूले चासो व्यक्त गरेका छन्। उनीहरूले यस्तो निर्णयले सेवा प्रवाह र शैक्षिक गतिविधिमा असर पर्न सक्ने चेतावनी दिएका छन्।

बैठकमा कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, पदमबहादुर परियार, मनरुपा शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारी र सावित्री पन्तलगायत सांसदहरूले आफ्ना धारणा राखेका थिए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...