काठमाडौँ
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद निर्विरोध निर्वाचित भएकी छन्। सोमबार (चैत २३) बसेको राष्ट्रिय सभा बैठकमा उनको नाम सर्वसम्मत रूपमा पारित भएको हो।
सांसद प्रेमप्रसाद दंगालले भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
निर्वाचनपछि अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।
भण्डारी नेकपा (एमाले), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायत सबै दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। उनले यसअघि संविधानसभा सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन्।