प्रचण्ड समक्ष पार्टीका सबै समितिमा ६० प्रतिशत युवा समेट्न युवाहरूको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

12
Share
Featured

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका युवाहरूले पार्टीका सबै समितिमा ६० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न माग गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाएका छन्। सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा उनीहरूले उक्त ज्ञापनपत्र बुझाएका हुन्।

युवाहरूले हालै सम्पन्न निर्वाचन प्रक्रियामा जेनजी पुस्ताका उम्मेदवारहरूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले प्रतिनिधिसभा निर्वाचनका क्रममा परिपत्र जारी भए पनि जेनजी उम्मेदवारलाई अवसर नदिइएको र समानुपातिक बन्द सूचीमा पनि ४० वर्षमुनिका युवा समावेश नगरिएको आरोप लगाएका छन्।

ज्ञापनपत्रमा पार्टीको सबै तह र समितिमा ६० प्रतिशत युवा सहभागिता अनिवार्य गर्नुपर्ने माग गरिएको छ। साथै, निर्वाचन प्रक्रियामा युवाहरूलाई समेट्न नसकिएको विषय सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने, पार्टी विधान संशोधन गर्नुपर्ने र नेतृत्व तहका पदाधिकारीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग पनि राखिएको छ।

युवाहरूले माग पूरा नभए देशव्यापी सङ्घर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्। अगुवा भुवन सिंह विष्टका अनुसार ज्ञापनपत्रमा करिब ५० जनाको हस्ताक्षर रहेको छ।

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...