१५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ : दिलेन्द्रप्रसाद बडू

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

26
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले पार्टीमा रूपान्तरण र एकताका लागि १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन्। उनले वर्तमान अवस्थामा पार्टीलाई थप बलियो, जिम्मेवार र एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै बडूले १४औँ महाधिवेशनको कार्यकाल सकिएपछि २०८२ मङ्सिरभित्र १५औँ नियमित महाधिवेशन हुनुपर्ने भए पनि तत्कालीन नेतृत्वबीचको असहमतिका कारण विशेष महाधिवेशन गरिएको उल्लेख गरेका छन्। उक्त विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको पनि उनले बताएका छन्।

उनका अनुसार प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन आफू लगायतका नेताहरूले रुख चिन्ह र चारतारे झन्डासहित सक्रिय भूमिका खेलेका थिए। तर, सङ्गठनभित्रका कमजोरी र मतदाताको परिवर्तन चाहनाअनुसार अपेक्षित नतिजा आउन नसकेको यथार्थलाई स्वीकार गर्नुपर्ने उनले बताएका छन्।

बडूले पार्टी सभापतिले निर्वाचन परिणामप्रति नैतिक जिम्मेवारी स्वीकार गरिसकेको उल्लेख गर्दै अब पार्टीलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी दिने निर्णय सबैले मान्नुपर्ने उनको धारणा छ।

उनले अनावश्यक विवाद र काल्पनिक बहसमा समय खेर नफाल्न आग्रह गर्दै लोकतान्त्रिक उपलब्धिको रक्षा र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। साथै, आगामी १५औँ महाधिवेशनमा सहभागी भई पार्टीलाई अनुशासित, सुदृढ र एकताबद्ध बनाउँदै नयाँ पुस्तामा जिम्मेवारी सुम्पन सबैलाई आह्वान गरेका छन्।

यो समाचारमा

नेपाली काँग्रेसदिलेन्द्र प्रसाद बडूकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...