कानुन निर्माण तीव्र बनाउने प्रतिबद्धता: मन्त्री गौतम

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

22
Share
Featured

काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोल प्रसाद अर्याल (डीपी) लाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्।

मन्त्री गौतमले संघीय संसदलाई प्रभावकारी काम गर्ने थलोका रूपमा स्थापित गर्न आफूले सरकार र संसदबीच समन्वय गर्ने बताइन्। उनले सरकारलाई जवाफदेही बनाउने प्रक्रियामा संसदको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “अब यो संसदले कानुनी रिक्तता पूरा गर्ने, शासनलाई प्रभावकारी बनाउने र सरकारलाई जवाफदेहिताको कसीमा राख्ने काम गर्नुपर्नेछ। ढिलाइ गर्ने संस्कार तोड्दै निर्णय गर्ने साहस देखाउनुपर्छ।”

मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न कानुन निर्माणमा कुनै ढिलाइ गर्न नहुने स्पष्ट पार्दै आफू कानुन निर्माण प्रक्रिया तीव्र बनाउन प्रतिबद्ध रहेको बताइन्।

यो समाचारमा

सोबिता गौतमडोल प्रसाद अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...