प्रि–ओपन सेसनमा नेप्से ३.६० अंकले घट्यो

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

18
Share
Featured

काठमाडौँ

साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक घटेको छ। उक्त सेसनमा नेप्से ३.६० अंकले घटेर २७७८.५८ विन्दुमा झरेको हो।

अघिल्लो कारोबार दिन बिहीबार नेप्से ५.८२ अंकले बढ्दै २७८२.१८ विन्दुमा बन्द भएको थियो। तर, नयाँ कारोबार दिनको सुरुवातमै सूचकमा सामान्य गिरावट देखिएको छ।

यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले घटेको छ। प्रि–ओपन सेसनमा कुल ७५ वटा स्टकको २१८ पटक कारोबार हुँदा १ करोड ५७ लाख ४२ हजार ५६९ रुपैयाँ ५० पैसा बराबरको २८ हजार २३१ कित्ता शेयर किनबेच भएको छ।

कारोबार भएका स्टकमध्ये २५ वटाको मूल्य बढेको, ३७ वटाको मूल्य घटेको र बाँकी १३ वटाको मूल्य स्थिर रहेको देखिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...