नेपाली कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्चमा आज सुनुवाइ हुँदै

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

56
Share
Featured
  • सर्वोच्च अदालत मा नेपाली कांग्रेस को आधिकारिकता विवादबारे आज सुनुवाइ हुँदैछ।
  • पूर्णबहादुर खड्का ले गगन थापा, विश्वप्रकाश शर्मा र निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका हुन्।
  • आजको सुनुवाइले कांग्रेसभित्रको कानुनी तथा राजनीतिक विवादमा महत्त्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यो मुद्दा आजको पेसी सूचीको १२औं नम्बरमा परेको छ।

यसअघि चैत १ गतेका लागि तय भएको पेसी पालो नआएका कारण स्थगित भएको थियो। आजको सुनुवाइका लागि कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा आफैं सर्वोच्च अदालत जाने भएका छन्। रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का पनि बहसका लागि अदालत पुग्नेछन्।

विशेष महाधिवेशनमार्फत गगन थापा सभापति चुनिएपछि निर्वाचन आयोगले त्यसलाई आधिकारिकता दिएको थियो। तर, उक्त प्रक्रिया र निर्णयप्रति असहमति जनाउँदै खड्काले सभापति थापा, उपसभापति शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए। आजको सुनुवाइले कांग्रेसभित्रको यो कानुनी र राजनीतिक विवादमा महत्त्वपूर्ण मोड लिने अपेक्षा गरिएको छ।

यो समाचारमा

सर्वोच्च अदालतनिर्वाचन आयोगपूर्ण बहादुर खड्काविश्वप्रकाश शर्मा
गगन थापा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...