कांग्रेसको १५औँ महाधिवेशन तयारी : ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो, ‘जरा अभियान’ सुरु

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

25
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएर ‘जरा अभियान’ सुरु गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष अभिमुखीकरण कार्यक्रमपछि महाधिवेशनसम्बन्धी औपचारिक कार्य प्रारम्भ गरिएको हो।

पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म एक महिनासम्म सञ्चालन हुने ‘जरा अभियान’ अन्तर्गत संगठन सुदृढीकरण, क्रियाशील सदस्यता अद्यावधिक र स्थानीय तहसँग संवाद गर्ने कार्यक्रम समावेश गरिएको छ। यस अभियानमार्फत पार्टी संरचनालाई तल्लो तहसम्म सक्रिय बनाउने लक्ष्य लिइएको छ।

महामन्त्री प्रदिप पौडेलले अभियानले पार्टी संगठनलाई जीवन्त र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसको प्रभावकारिताबारे धारणा राखेका थिए। त्यस्तै, नेता प्रताप पौडेलले महाधिवेशन प्रक्रिया, विधान र कार्यविधिबारे प्रतिनिधिहरूलाई जानकारी गराएका थिए।

कांग्रेसले यसपटक सदस्यता नवीकरणमा नयाँ व्यवस्था लागू गर्दै सबै सदस्यलाई आआफ्नो वडामा भौतिक रूपमा उपस्थित भई सदस्यता अद्यावधिक गर्न अनिवार्य गरेको छ। यसरी नवीकरण गर्ने सदस्यहरूले मात्र ‘कांग्रेस आईडी’ प्राप्त गर्ने र सोही आधारमा १५औँ महाधिवेशनमा सहभागी भई मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

अभियानका क्रममा निर्वाचन समीक्षा, सामाजिक तथा संगठनात्मक गतिविधि सञ्चालन गर्ने तथा स्थानीय तहमा नीति निर्माणमा सहयोग गर्ने योजना समेत रहेको पार्टीले जनाएको छ। देशका सबै प्रदेश र जिल्लामा प्रतिनिधिहरू खटिइसकेका छन् भने कार्य विभाजनअनुसार अभियान कार्यान्वयन भइरहेको छ।

यो समाचारमा

प्रदिप पौडेलकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...