नयाँ सभामुखको शपथ आइतबार ३ बजे

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

24
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोल प्रसाद अर्याल (डीपी) ले आइतबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। सङ्घीय संसद् सचिवालयका अनुसार उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको थियो।

राष्ट्रपति कार्यालयले आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको जनाएको छ।

यसअघि आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकले आवश्यक प्रक्रिया पूरा गरी अर्याललाई औपचारिक रूपमा सभामुख घोषणा गर्नेछ। त्यसपछि उनी राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

यो समाचारमा

डोल प्रसाद अर्यालकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...