सभामुख बने देश र जनताको पक्षमा काम गर्ने अर्यालको प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

31
Share1
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डोल प्रसाद अर्यालले सभामुख पदको जिम्मेवारी पाएमा देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार सिंहदरवारस्थित संसद् भवनमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले आफूले जिम्मेवारी पाए निष्पक्ष र न्यायपूर्ण रूपमा काम गर्ने बताएका हुन्।

उनले नेपालको संविधान, कानुन तथा राष्ट्रको हितअनुसार व्यवस्थापिकाले गर्नुपर्ने कार्यहरू प्रभावकारी रूपमा अघि बढाउने उल्लेख गरे।

अर्यालले सभामुखको भूमिकालाई निष्पक्ष, जिम्मेवार र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै संसद्को गरिमा र विश्वसनीयता कायम राख्नेमा आफू केन्द्रित रहने बताए।

यो समाचारमा

डोल प्रसाद अर्यालसिंहदरवारकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...