ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष बन्ने चाहना पूरा नभएपछि विष्णु पौडेल असन्तुष्ट

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

18
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्र अध्यक्ष खड्गप्रसाद शर्मा ओली पक्राउ परेपछि नेतृत्व व्यवस्थापनलाई लिएर आन्तरिक विवाद चुलिएको छ। जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरिबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओली पक्राउ परेपछि वरिष्ठताका आधारमा राम बहादुर थापा (बादल) कार्यवाहक अध्यक्ष तथा संसदीय दलको नेता बनेका हुन्।

ओलीको अनुपस्थितिमा बादलले दुवै जिम्मेवारी पाएसँगै पार्टीभित्र असन्तुष्टि बढेको देखिएको छ। विशेषगरी उपाध्यक्ष विष्णु पौडेलले कार्यवाहक अध्यक्ष बन्ने चाहना राखेका थिए, तर उक्त जिम्मेवारी नपाएपछि उनी नेतृत्वसँग असन्तुष्ट बनेको बताइएको छ।

यसैबीच संसदमा बादलले दिएको अभिव्यक्ति विवादित बनेपछि एमालेभित्रै आलोचना सुरु भएको छ। उपमहासचिव योगेश भट्टराई, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र नेता सुरेन्द्र पाण्डेले सार्वजनिक रूपमा बादलको अभिव्यक्तिप्रति असहमति जनाएका छन्। उनीहरूले उक्त अभिव्यक्ति पार्टीको स्थापित नीति र सिद्धान्तविपरीत भएको बताएका छन्।

पार्टीभित्रको एक समूहले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको अवस्थामा बादललाई दलको नेता र कार्यवाहक अध्यक्ष दुवै जिम्मेवारी दिइनु विवादको अर्को कारण बनेको छ। यसअघि युवा नेता सुहाङ नेम्वाङलाई दलको नेतामा अघि सार्ने चर्चा भए पनि अन्ततः उनी उम्मेदवारीबाट पछि हटेपछि बादल सर्वसम्मत रूपमा चयन भएका थिए।

एमालेभित्रको स्रोतका अनुसार बादलले संसदमा व्यक्त गरेका धारणा नेतृत्वसँगको परामर्शमै आएको भए पनि त्यसले पार्टीभित्र नयाँ विवाद निम्त्याएको छ। यस विषयमा छलफल गर्न शुक्रबार एमाले सचिवालय बैठक बोलाइएको छ।

पार्टीभित्र बढ्दो असन्तुष्टि र नेतृत्वबीचको मतभेदले एमालेको आन्तरिक एकतामा चुनौती थपिएको विश्लेषण गरिएको छ।

यो समाचारमा

राम बहादुर थापा (बादल)काठमाडौँविष्णुप्रसाद पौडेलसुरेन्द्र पाण्डे
खड्गप्रसाद शर्मा ओली5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...