राष्ट्रियसभा सत्तापक्ष विहीन, राजनीतिक समीकरण फेरियो

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

25
Share
Featured

काठमाडौँ

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सत्तापक्ष विहीन बनेको छ। पछिल्लो राजनीतिक परिवर्तन र प्रतिनिधिसभाको पुनर्गठनपछि राष्ट्रियसभामा सत्तापक्षको औपचारिक उपस्थिति नरहेको अवस्था देखिएको हो।

भदौमा भएको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको र त्यसपछि फागुन २१ मा सम्पन्न निर्वाचनबाट नयाँ राजनीतिक समीकरण बनेसँगै संघीय संसद्को संरचनामा परिवर्तन आएको हो। नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा बलियो उपस्थिति बनाएको भए पनि राष्ट्रियसभामा भने उसको प्रतिनिधित्व छैन।

प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरवारस्थित निर्माणाधीन संसद् भवनको अस्थायी हलमा बस्ने तयारी गरिएको छ। तर राष्ट्रियसभा भने पुराना राजनीतिक दलहरूको मात्र प्रतिनिधित्वसहित कार्यरत रहेको छ।

राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा एमाले र अन्य पुराना दलहरूको उपस्थिति रहेको छ। हालको समीकरणमा रास्वपाको एक सिट पनि राष्ट्रियसभामा नरहेको बताइएको छ।

यसैबीच, रिक्त रहेको एक सिटमा अन्तरिम सरकारले पूर्व गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिस हालसम्म अनुमोदन नगरेको जनाइएको छ।

यो समाचारमा

ओमप्रकाश अर्यालरामचन्द्र पौडेलसिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...