पेरिसडाँडामा नेकपा कार्यसंयोजन समितिको बैठक, निर्वाचन समीक्षा र आगामी रणनीतिमा छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

21
Share
Featured

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक पेरिसडाँडामा जारी रहेको छ। बैठकमा निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको पार्टीले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पहिलो पटक कार्यसंयोजन समितिको औपचारिक छलफलका रूपमा आयोजना गरिएको हो। बैठकमा हालै सम्पन्न निर्वाचनको नतिजा र त्यसपछिको राजनीतिक अवस्थाबारे विस्तृत समीक्षा भइरहेको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले जानकारी दिए।

गत निर्वाचनमा नेकपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट गरी कुल १७ सिट जितेको थियो। यससँगै पार्टी संसदमा चौथो स्थानमा पुगेको छ। २०७० सालदेखि कायम रहेको तेस्रो स्थान गुमेपछि पार्टीभित्र चुनावी नतिजाबारे समीक्षा गर्न दबाब बढेको छ।

फागुन २८ गते बसेको निर्वाचन परिचालन समितिको बैठकले सबै १६५ निर्वाचन क्षेत्रको विस्तृत रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार विभिन्न क्षेत्रबाट प्राप्त प्रतिवेदनमाथि पनि बैठकमा छलफल भइरहेको बताइएको छ।

पार्टीको अन्तरिम विधानअनुसार ४५ सदस्यीय रहने कार्यसंयोजन समितिमा संयोजक, सहसंयोजकसहित आवश्यक सदस्यहरू रहने व्यवस्था छ। समितिको गठन र सदस्य चयन सहमतिका आधारमा गर्ने प्रावधान रहेको पार्टीले जनाएको छ।

बैठकमा चुनावी परिणाम मात्र नभई आगामी रणनीति, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक परिस्थितिबारे समेत गहन छलफल भइरहेको छ।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...