संसद् राष्ट्रिय राजनीतिको ऐना हो, सभामुख यसको संरक्षक : अर्जुननरसिंह केसी

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

17
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह के.सीले संसदलाई राष्ट्रिय राजनीतिको वास्तविक ऐनाका रूपमा चित्रण गर्दै यसको गरिमा जोगाउन सभामुख र संसद दुवैले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षाका लागि संसदको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले संसदलाई विभिन्न विचारधाराहरूको संगमस्थलका रूपमा व्याख्या गरेका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा केसीले संसदभित्र हुने वाद, प्रतिवाद र संवादकै प्रक्रियाबाट मुलुक सही निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। नयाँ सभामुखको निर्वाचन नभएसम्म सदन सञ्चालनको जिम्मेवारी सम्हालिरहेका उनले आफू तटस्थ, प्रभावकारी र निर्विघ्न रूपमा संसद सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए।

सर्वदलीय बैठकमा भएका छलफलका आधारमा सबै राजनीतिक दलहरू सदनलाई सुचारु रूपमा सञ्चालन गर्न सहमत देखिएकाले बैठक सञ्चालनमा कुनै अवरोध नहुनेमा उनी विश्वस्त देखिएका छन्। संसदले देशको राजनीतिक संस्कार र पहिचान झल्काउने भएकाले यसको संरक्षक र प्रवक्ताको रूपमा सभामुखको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उनको भनाइ छ।

केसीले संविधानको रक्षा र जनताको सर्वोच्चतालाई केन्द्रमा राखेर सरकारले गर्ने सकारात्मक काममा सबै दलले सहयोग गर्नुपर्ने धारणा राखे। उनले संख्यात्मक शक्ति भन्दा पनि जनताको स्वाभिमान, विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सरकारका कमीकमजोरीमाथि रचनात्मक आलोचना गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताए।

उनले वर्तमान सरकार जनताको उच्च अपेक्षाको आधारमा बनेको भन्दै यसलाई अस्थिरतातर्फ धकेल्न नहुने तर गलत मार्गमा हिँड्दा आवश्यक खबरदारी गर्नुपर्ने बताए। सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै उनले विशेषगरी नीतिगत भ्रष्टाचार अन्त्य गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

भ्रष्टाचार नियन्त्रणका नाममा गरिने कारबाहीहरू आग्रह वा पूर्वाग्रहबाट प्रेरित नभई विधि र प्रक्रियामा आधारित हुनुपर्ने उनले चेतावनी दिए। विधिको पालना नगरी प्रक्रियालाई मिच्ने प्रवृत्तिले अन्ततः विधिहीनता निम्त्याउने भएकाले सरकारले असल नियतका साथ काम गर्नुपर्ने र त्यस्ता प्रयासमा संसदको पूर्ण साथ रहने उनले स्पष्ट पारे।

यो समाचारमा

काठमाडौँअर्जुन नरसिंह के.सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...