प्रतिनिधिसभाको पहिलो बैठकमा ६ दलका शीर्ष नेताको सम्बोधन हुने

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

22
Share
Featured

काठमाडौँ

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। दिउँसो २ बजे सिंहदरवारस्थित निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बैठक बस्ने तय भएको छ। बैठकमा विभिन्न राष्ट्रिय दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति दलहरूबीच बनेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेनेपाली काँग्रेसका तर्फबाट भीष्म राज आङदेम्बेले सम्बोधन गर्नेछन्। कांग्रेसका सभापति गगन थापा लगायतका शीर्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका तथा संसदीय दलको नेता चयन नभएकाले आङ्देम्बेलाई सम्बोधनका लागि अघि सारिएको हो।

त्यस्तै, नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

यसैगरी, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने तय भएको छ।

यो समाचारमा

सिंहदरवारनेपाली काँग्रेसरवि लामिछानेकाठमाडौँ
भीष्म राज आङदेम्बे5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...