एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

54
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको नेतामा राम बहादुर थापा (बादल) निर्वाचित भएका छन्। बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न प्रक्रियाबाट उनी दलको नेता चयन भएका हुन्।

दलको नेतामा दाबी गरेका सुहाङ नेम्वाङ ले उम्मेदवारी फिर्ता लिएपछि बादल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिएका छन्।

इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले २५ सिट जितेको थियो।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँराम बहादुर थापा (बादल)इलाम
सुहाङ नेम्वाङ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...