देउवा–कोइराला समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दै

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

15
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेस
का सभापति शेर बहादुर देउबा र नेता डॉ. शेखर कोईराला समूहको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ।

मंगलबार बैठकमा नेताहरूले धारणा राख्ने क्रम नसकिएपछि आज पुनः बैठक बोलाइएको हो। नेतृ लक्ष्मी खतिवडा का अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ।

यसअघि मंगलबारको बैठक निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का को सभापतित्वमा बसेको थियो। बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित ११३ जना पदाधिकारी तथा केन्द्रीय सदस्य रहेको जानकारी दिइएको थियो भने आजको बैठकमा ७० भन्दा बढी सदस्यको सहभागिता रहेको छ।

बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक अवस्था तथा निर्वाचनको समीक्षालगायत विषयमा छलफल भइरहेको नेता बद्री पाण्डे ले जानकारी दिएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसशेर बहादुर देउबाडॉ. शेखर कोईरालाकाठमाडौँ
पूर्ण बहादुर खड्का4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...