मधेसले खोजेको परिवर्तन र भावी सहकार्यबारे रवि र प्रभु साहबीच छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

31
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेआम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहबीच मंगलबार भेटवार्ता भएको छ। लामिछानेलाई भेट्न अध्यक्ष साह उनको निजी निवास बुढानीलकण्ठ पुगेका हुन्।

भेटका क्रममा अध्यक्ष साहले हालैको निर्वाचनमा रास्वपाले प्राप्त गरेको अभूतपूर्व जनमतका लागि सभापति लामिछानेलाई बधाई दिए। उनले यो जनमत देश र विशेषगरी मधेसले खोजेको परिवर्तनको संकेत भएको बताउँदै यसलाई आत्मसात् गरेर अघि बढ्न सुझाव दिए। साहले मधेसको विकास र अधिकारका लागि पारस्परिक सहयोग र सहकार्यको आवश्यकतामा जोड दिएका थिए।

जवाफमा सभापति लामिछानेले मधेसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मधेसका समस्या समाधान र विकासका लागि सरकारले विशेष ध्यान दिने विश्वास दिलाए। दुई नेताबीच भावी राजनीतिक कदम र समसामयिक विषयमा समेत सकारात्मक छलफल भएको बताइएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीप्रभु साहआम जनता पार्टीरवि लामिछाने
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...