नेपाललाई थप १५ दिन पूर्ण समय विद्युत् आपूर्ति गर्ने भारतको निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत १६, सोमबार २०:१५

19
Share
Featured

काठमाडौँ

भारतले नेपाललाई थप १५ दिनसम्म चौबिसै घण्टा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई अप्रिल १ देखि १५ दिनसम्म ६०० मेगावाटसम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो। यसअघि मार्च ३१ सम्मका लागि २४ सै घण्टा विद्युत् निर्यातको अनुमति दिइएको थियो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार नयाँ निर्णयअनुसार अप्रिल १६ देखि ३० (वैशाख १ देखि १५) सम्म भने दैनिक १६ घण्टा मात्रै विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको छ। उक्त अवधिमा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् आउनेछ भने बेलुका ६ बजेदेखि बिहान २ बजेसम्म आपूर्ति बन्द रहनेछ।

त्यस्तै, मे १ देखि जुन ३० सम्म पनि दैनिक १६ घण्टा विद्युत् आपूर्ति हुनेछ। यस अवधिमा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् उपलब्ध हुनेछ भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म आपूर्ति बन्द रहनेछ।

यसबाहेक, जुलाई १ देखि अगस्ट ३१ सम्म पुनः २४ सै घण्टा ६०० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति प्राप्त भएको छ। प्राधिकरणका अनुसार भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय पावर एक्स्चेन्जमार्फत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि अनुमति दिएको हो।

उक्त व्यवस्थाले नेपालमा विद्युत् माग व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ।

यो समाचारमा

हितेन्द्र देव शाक्यभारतकाठमाडौँनेपाल
नेपाल विद्युत प्राधिकरण4 more

ट्यागहरू

#नेपाल#हितेन्द्रदेव शाक्य#नेपाल विद्युत् प्राधिकरण#भारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू