निर्वाचनको दबाब र 'जेनजी' विद्रोहको असर, ४ वर्षपछि ब्युँझियो तारकेश्वर नगरपालिका

Author

सजिलो पत्रिका

२०८२ चैत १६, सोमबार

99
Share1
Featured
  • काठमाडौंको तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरू ‘जेनजी’ आन्दोलन र निर्वाचन परिणामपछि कार्यकालको अन्तिम वर्षमा आएर मात्र सक्रिय देखिएका छन्।
  • नदीनाला सफाइ, ढल व्यवस्थापन, खाद्य पसल अनुगमन र बालुवा वासिङ केन्द्र निरीक्षणजस्ता काममा तीव्रता दिइएको छ, साथै सडक–फुटपाथमा व्यापारमा कडाइ गरिएको छ।
  • स्थानीयले यसलाई ‘चुनावी फन्डा’ भन्दै आलोचना गरेका छन् भने साना व्यापारीहरू रोजीरोटी संकटमा परेको भन्दै चिन्तित भएका छन्, यद्यपि सडक व्यवस्थापनलाई केहीले सकारात्मक रूपमा हेरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरू करिब चार वर्षको 'निद्रा' पछि कार्यकालको अन्तिम वर्षमा आएर अचानक सक्रिय देखिएका छन्। हालै सम्पन्न संघीय निर्वाचनमा स्थापित दलहरूको पराजय र 'जेनजी' (Gen Z) आन्दोलनको प्रभावपछि उपत्यकाका अन्य नगरपालिकासँगै तारकेश्वरका जनप्रतिनिधिहरू पनि फिल्डमा सलबलाउन थालेका हुन्।

लामो समयदेखि स्थानीयले उठाउँदै आएका नदीनालाको फोहोर, ढल निकास र बजार व्यवस्थापनका मुद्दामा नगरपालिकाले अहिले आएर तदारुकता देखाएको छ। नगरपालिकाले खाद्य पसलहरूमा छापा मार्नेदेखि बालुवा वासिङ केन्द्रहरूको निरीक्षणसम्मका कामलाई तीव्रता दिएको छ।

यसैबीच, नगरपालिकाले सडक र फुटपाथ व्यवस्थापनमा कडा कदम चालेको छ। कालोपत्रे सडक र फुटपाथमा तरकारी तथा अन्य सामग्री राखेर व्यापार गर्न पूर्ण रूपमा निषेध गरिएको छ। नगरपालिकाले दिएको १४ गतेसम्मको समयसीमा सकिएसँगै १५ गतेदेखि नगर प्रहरीहरू फिल्डमा खटिएका छन्। हाल सडकमा पसल राख्न कडाइ गरिएको छ भने नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्ने तयारी गरिएको छ।

स्थानीय बासिन्दाले जनप्रतिनिधिको यो ढिलो गरी खुलेको आँखालाई 'चुनावी फन्डा' का रूपमा टिप्पणी गरेका छन्। सडक व्यवस्थापन र सुन्दरताका लागि यो कदम सकारात्मक भए पनि वर्षौँसम्म मौन बसेर कार्यकालको अन्त्यमा मात्र सक्रिय हुनुले उनीहरूको नियतमाथि प्रश्न उठाएको छ। अर्कोतर्फ, फुटपाथमा आश्रित साना व्यापारीहरू भने विकल्पबिनाको यो कडाइले आफ्नो रोजीरोटी खोसिएको भन्दै चिन्तित बनेका छन्।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...