मुग्लिन–नागढुंगा सडक तीन दिन राति बन्द हुने

Author

सजिलो पत्रिका

२०८२ चैत १६, सोमबार

22
Share
Featured
  • मुग्लिन–नागढुंगा सडक खण्ड चैत १७–१९ गतेसम्म प्रत्येक रात १० बजेदेखि बिहान ४ बजेसम्म पूर्ण रूपमा बन्द गरिनेछ।
  • चितवनको इच्छाकामना–४ (घोप्टेभिर क्षेत्र) मा भिरकाटानी र प्राविधिक काम तीव्र बनाउन तथा यात्रुको सुरक्षाका लागि यो निर्णय गरिएको हो।
  • एम्बुलेन्स र दमकल बाहेक सबै सवारी साधनलाई रोक लगाइनेछ, निर्माण कार्य छिटो सम्पन्न गर्न रातिको समय छनोट गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुग्लिन–नागढुंगा सडक खण्ड चैत १७ गतेदेखि १९ गतेसम्म तीन दिन रातिको समयमा पूर्ण रूपमा बन्द हुने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो।

प्रशासनका अनुसार चैत १७ देखि १९ गतेसम्म प्रत्येक रात १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहनेछ। मुग्लिन–नागढुंगा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत भिरकाटानी तथा अन्य प्राविधिक कार्यलाई तीव्रता दिन र यात्रुको सुरक्षाका लागि यो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

यस अवधिमा एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ। सडकमा हुने अवरोध व्यवस्थित गर्न र निर्माण कार्य छिटो सम्पन्न गर्न रातिको समय छनोट गरिएको प्रशासनले जनाएको छ।

यो समाचारमा

काठमाडौँचितवनइच्छाकामना गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...