बुढानीलकण्ठस्थित शेरबहादुर देउवा निवास भत्काउने प्रयास रोकियो

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

24
Share
Featured

काठमाडौँ

पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाको बुढानीलकण्ठस्थित निवास भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवन भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउने काम रोकिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भत्काउने कार्य रोक्दै त्यहाँ कार्यरत कामदारहरूलाई हटाइएको छ। आगजनीपछि जलेको अवस्थामा उक्त घरबाट डलर तथा नेपाली रुपैयाँ फेला परेको थियो, जसलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सङ्कलन गरी राखेको जनाएको छ।

यसैबीच, शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको उच्च सरकारी स्रोतले जनाएको छ।

यो समाचारमा

आरजु राणा देउवाकाठमाडौँशेर बहादुर देउबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीमाथि हुने कारबाही र उनीहरूको भविष्यको योग्यताका विषयमा ऐनमै स्पष्ट व्यवस्था हुनुपर्ने माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' को संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।रावलले प्रस्तावित विधेयकको दफा

    Data is loading...

    Loading brands...

    Loading footer...