सरकारको १०० बुँदे कार्यसूचीमा भीम रावलको टिप्पणी: 'राम्रा बुँदा तर संवेदनशील विषयमा मौनता'

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

21
Share
Featured
  • भीम रावल ले सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको धेरै विषय सकारात्मक भए पनि संवेदनशील क्षेत्रहरूमा मौन रहँदा प्रश्न उठाएका छन्।
  • रावलले राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, असमान सन्धी सम्झौताको पुनरावलोकन, जलविद्युत आयोजना, विदेशी सुरक्षा जाँच, विषादीयुक्त खाद्यान्न परीक्षण, र इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोगजस्ता विषयमा सरकारको ठोस योजना नदेखिएको औँल्याएका छन्।
  • शिक्षा क्षेत्रमा अनियन्त्रित शुल्क वृद्धि, कालोबजारी, तस्करी र कुटनीतिक मर्यादा विपरीत गतिविधिहरू नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमाथि टिप्पणी गर्दै कार्यान्वयन भएमा धेरै विषयहरू सकारात्मक रहेको बताएका छन्। यद्यपि, उनले राष्ट्रिय सुरक्षा र सीमा जस्ता अत्यन्त संवेदनशील र चर्चित विषयहरूमा सरकार मौन रहेको भन्दै प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै रावलले राष्ट्रिय सुरक्षा नीति, सीमा सुरक्षा, असमान सन्धी सम्झौताको पुनरावलोकन, माथिल्लो कर्णाली जलविद्युत आयोजना र जलस्रोत व्यवस्थापन जस्ता मुद्दामा सरकारले कुनै ठोस योजना नल्याएको औँल्याएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सुरक्षा जाँच, विषादीयुक्त खाद्यान्न परीक्षण र इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोगमा लगाइएको रोक जस्ता विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

साथै, रावलले शिक्षा क्षेत्रमा भइरहेको अनियन्त्रित शुल्क वृद्धि, कालोबजारी, तस्करी र कुटनीतिक मर्यादा विपरीतका गतिविधिहरू नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सरकारको कार्यसूचीमा धेरै कुरा समेटिए पनि देशको स्वाभिमान र जनसरोकारका आधारभूत विषयहरू छुटेको टिप्पणी गरेका छन्।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीभीम रावलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...