बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत १४, शनिबार

22
Share
Featured
  • नेकपा (एमाले) का नेता तथा पूर्व सभासद कर्णबहादुर मल्ल लाई बलात्कार आरोपमा काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।
  • एक महिलाले फागुन ५ गते मल्लविरुद्ध उजुरी दिएकी थिइन्, उनी न्यायको माग गर्दै माइतीघरमा अनसन समेत बसेकी थिइन्।
  • मल्ललाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्व संविधान सभा सदस्य कर्णबहादुर मल्ल बलात्कार सम्बन्धी कसुरमा पक्राउ परेका छन्। ५२ वर्षीय मल्ललाई शनिबार जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

मल्लविरुद्ध एक महिलाले गत फागुन ५ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी दिने महिला केही समयअघि न्यायको माग गर्दै माइतीघरमा अनसन समेत बसेकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी बस्दै आएका मल्ललाई अहिले हिरासतमा राखिएको छ। प्रहरीले घटनाबारे थप सोधपुछ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सोरु गाउँपालिकाललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...