नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पदभार ग्रहण

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

17
Share
Featured

काठमाडौँ

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज उहाँले पदबहाली गर्नुभएको हो । मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारी र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले पद प्राप्तिभन्दा जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता भएको बताउनुभयो । उहाँले देशले निकास खोजिरहेको उल्लेख गर्दै राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्न सबैलाई आह्वानसमेत गर्नुभयो ।

“हामीले जिम्मेवारी लिएका छौँ, हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो”, डा तिमिल्सिनाले भन्नुभयो, “राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई  सुधार्दै देशमा आशा जगाउनुपर्छ ।”  

डा तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को ‘मिसन’ र ‘भिजन’अनुसार मन्त्रालयले पूर्ण सहयोग गर्ने उल्लेख गर्नुभयो । कर्मचारीलाई पनि इमानदारिता र क्षमता प्रयोग गर्दै सामूहिक भावनाका साथ  काम गर्न उहाँले आग्रहसमेत गर्नुभयो । “तपार्इंका हरेक विचारहरू यो देशका नीतिनियम, ऐनसँग बाझिने पनि हुनुहुँदैन । यो देशका जनताको सपनासँग बाझिने पनि हुनुहँुदैन । कृपया यो कुरा मनमा राखेर आफ्ना काम कर्तव्यलाई अगाडि बढाउनु होला”, मन्त्री तिमिल्सनाले भन्नुभयो ।

उहाँले आजैका दिनदेखि आफ्नो कर्तव्यमा होमिएका र देशलाई अगाडि बढाउनका लागि समर्पित भएर लाग्ने धारणा राख्नुभयो । 

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालयका प्रमुख कार्य र मुख्य नीति तथा योजना र कानुनबारे मन्त्रीलाई ‘ब्रिफिङ’ गर्नुभयो । “बजेट सिलिङ प्राप्त भइसकेको छ । बजेट तर्जुमा, प्राथमिकता निर्धारणलगायत काम मन्त्रीको निर्देशनमा गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नवनियुक्त मन्त्रीलाई मन्त्रालयका कर्मचारी र मातहतका पदाधिकारीहरुले स्वागत एवं कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 

अनुसन्धान विशेषज्ञ एवं विश्लेषक सञ्चारमन्त्री

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन सांसद हुनुहुन्छ ।

रास्वपाका केन्द्रीय परराष्ट्र विभागका उपप्रमुख डा तिमल्सिनाले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीतिक र अन्तरराष्ट्रिय मामिलामा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । सांसद हुनुअघि उहाँ त्रिभुवन विश्वविद्यालयको आन्तरिक सुरक्षा, राजनीति र कूटनीतिमा अध्यापन गर्नुहुन्थ्यो ।

डा तिमल्सिना अनुसन्धान विशेषज्ञ एवं विश्लेषक हुनुहुन्छ । नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति र भू–राजनीतिक जटिलताको सूक्ष्म अध्ययन एवं अन्तरराष्ट्रिय मञ्चमा अनुसन्धानमूलक प्रस्तुतिमार्फत देशको नीतिगत बहसलाई डो-याउने कार्यमा पनि संलग्न हुनुहुन्थ्यो । 

साहित्य, लेखन र पत्रकारिता क्षेत्रमा पनि आबद्ध डा तिमल्सिना ‘भ्रष्टाचारविरुद्धको लडाईं ः एन्टी करप्सन स्टडिज’ का विज्ञ मानिनुहुन्छ । उहाँ ‘एसियन इस्टिच्युट फर एड्भान्स रिसर्च’ का संस्थापक पनि हुनुहुन्छ ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)सिंहदरवारअष्ट्रेलियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...