सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

Author

सजिलो पत्रिका

२०८२ चैत १२, बिहिबार

24
Share
Featured

काठमाडौँ

जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन । 

शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४  विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसईई परिक्षामा सामुदायीक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन लागेका हुन । 

यस वर्ष विद्यार्थी सहभागी गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बैद्धिक संस्कृत गुरुकुलमका १० , रत्ननगरकै गायत्री बेद विद्या गुरुकुलमका १४ , भरतपुरको बैकुण्ठ प्रम बैद्धिक बिद्या प्रतिष्ठानका ७  र भरतपुरको परभानन्द स्मृति बैद्धिक विद्या भवन गुरुकुलका १० जना नियमित परिक्षामा सहभागी हुने छन् । यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११ , देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० जना र देवघाटकै सिताराम संस्कृत माध्यामिक बिद्यालयका ११ जना बिद्यार्थी सहभागी हुने छन् । 

एकाईका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका २४४ विद्यालयका  १२ हजार ३४९ जना विद्यार्थी परिक्षामा सहभगी हुँदै छन् । यस मध्ये १० हजार ५०० जना नियमित हुन भने १ हजार ८४९ ग्रेड बृद्धिका बिध्यार्थी रहेको उहाँले बताउनु भयो । परीक्षामा सहभागी हुने मध्ये प्राबिधिक धारका ३४४ जना, धार्मिक विद्यालयका ११० जना, दृष्टि विहीन ३ जना, सुस्तश्रवण ८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । 

उहाँका अनुसार जिल्लामा ४२ केन्द्रबाट विद्यार्थीहरुले परीक्षामा सहभागी हुने छन् । ३४ सामुदायिक बिद्यालय र ८ संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष नियुक्तिको प्रकृया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको एसईईमा भन्दा यस वर्ष ७ विद्यार्थीकम सहभागी हुन लागेका छन् । 

यो समाचारमा

भरतपुरकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...