साइत कि काम? बालेन शाहको शपथको समयलाई लिएर अर्थमन्त्री खनालको कडा टिप्पणी

Author

सजिलो पत्रिका

२०८२ चैत ११, बुधबार १८:०४

38
Share
Featured
  • रामेश्वर खनाल ले प्रधानमन्त्री तथा मन्त्रीहरूले ‘साइत’ हेरेर शपथ लिने परम्पराप्रति असन्तुष्टि जनाउँदै कामको परिणामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
  • बालेन्द्र शाह ले विशेष साइत (१२:३४ बजे) मा शपथ लिने तयारी गरेपछि यो विषय सार्वजनिक बहसको केन्द्र बनेको छ।
  • शपथ समारोहमा धार्मिक विधि (१०८ बटुक, शंख आदि) समावेश गर्ने तयारीबीच खनालको टिप्पणीले परम्परा बनाम व्यवहारिकताको बहस चर्किएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री र मन्त्रीहरूले साइत हेरेर पद तथा गोपनीयताको शपथ लिने परम्पराप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आगामी शुक्रबार मध्याह्न १२:३४ बजेको 'साइत' मा शपथ लिने समाचार सार्वजनिक भएपछि खनालले यस्तो टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अर्थमन्त्री खनालले आफूलाई यस्तो परम्परा कत्ति पनि मन नपरेको स्पष्ट पारेका छन्। उनले आफूहरू सरकारमा आउँदा साइत हेर्ने वा देखाउने समय र अवसर नै नभएको उल्लेख गर्दै कामको नतिजा महत्त्वपूर्ण हुने तर्क गरेका छन्।

"यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त!" खनालले लेखेका छन्।

बालेन शाहको शपथ ग्रहण समारोहमा १०८ बटुकले स्वस्ति वाचन गर्ने र ७ वटा शंख फुकेर विशेष विधिपूर्वक शपथ लिने तयारी भइरहेका बेला बहालवाला अर्थमन्त्रीको यो टिप्पणीले राजनीतिक र सामाजिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। खनालले विधि र प्रक्रियाभन्दा पनि कामको परिणामले इतिहास रच्ने संकेत गरेका छन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँरामेश्वर खनाल

ट्यागहरू

#अर्थमन्त्री रामेश्वर खनाल#बालेन्द्र शाह#राष्ट्रिय स्वतन्त्र पार्टी#गोपनीयता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू