साताको पहिलो दिन नेप्सेमा ५४ अङ्कको उछाल, २३ अर्ब ५९ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८२ चैत ०८, आइतबार

21
Share
Featured
  • नेप्से ५४.५१ अंक (१.८९%) ले बढेर २,९३१.५५ विन्दुमा पुगेको छ, साताको पहिलो दिन उच्च उछाल देखियो।
  • कुल २३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी कारोबार हुँदा अधिकांश समूहहरूमा वृद्धि देखियो, विशेषगरी लघुवित्त, होटल र बीमा समूहमा।
  • ६ कम्पनीमा पोजिटिभ सर्किट लाग्दा कुमारी बैंकमा सबैभन्दा बढी कारोबार भयो, जबकि एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले घाटा बेहोरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ। नेप्से परिसूचक ५४.५१ अङ्क (१.८९ प्रतिशत) ले बढेर २,९३१.५५ को बिन्दुमा पुगेको छ।

आज कारोबार रकममा पनि नयाँ उत्साह देखिएको छ। दिनभर ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजारभन्दा बढी कित्ता सेयर २ लाख ४ हजार पटक खरिदबिक्री हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत रूपमा हेर्दा व्यापार समूह (०.११ प्रतिशत) बाहेक अन्य सबै उपसूचकहरू बढेका छन्। सबैभन्दा धेरै लघुवित्त समूह ४.२१ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन ३.०५ र निर्जीवन बीमा समूह २.७२ प्रतिशतले बढेका छन्।

आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, सलपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर रहेका छन्। कारोबार रकमका आधारमा कुमारी बैंक ८५ करोड ९६ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ। एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.७१ प्रतिशत गुमाएका छन्।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...