नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बममाथि दुर्व्यवहार, फ्रन्टद्वारा घोर भत्र्सना

Author

सजिलो पत्रिका

२०८२ चैत ०६, शुक्रबार

18
Share
Featured
  • रक्षा बम माथि माइतीघर प्रदर्शनका क्रममा भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टले घोर भत्र्सना गरेको छ।
  • गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलन जारी छ।
  • फ्रन्टले आन्तरिक मतभेद संयमित रूपमा समाधान गर्न र सरकारलाई छिटो प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल जेनजी फ्रन्टले माइतीघरमा जारी प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै फ्रन्टले उक्त घटनालाई “लोकतान्त्रिक मूल्य–मान्यताविपरीत” भन्दै घोर भत्र्सना गरेको हो।

जेनजी आन्दोलनको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनकारीहरू विगत ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन्। सोही क्रममा बिहीबार प्रदर्शनस्थलमै केही घाइते आन्दोलनकारी अगुवाहरूले संयोजक बमविरुद्ध नाराबाजी गर्दै दुर्व्यवहार गरेका थिए।

फ्रन्टले संविधानप्रदत्त शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरिरहेकी आन्दोलनकारीमाथि भएको यस्तो व्यवहार सभ्य समाजका लागि सह्य नहुने उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि आक्रमण हुनुले समग्र आन्दोलनलाई नै कमजोर बनाउँछ।'

फ्रन्टले घाइते, सहिद परिवार र आन्दोलनकारीहरू एउटै उद्देश्यका साझेदार भएको स्मरण गराउँदै आन्तरिक असहमतिलाई संयमित ढंगले समाधान गर्न आग्रह गरेको छ। साथै, राज्यले सत्य लुकाउन खोजेको र प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेकोमा चिन्ता व्यक्त गर्दै फ्रन्टले सरकारलाई शीघ्र प्रतिवेदन सार्वजनिक गर्न र आन्दोलनलाई एकताबद्ध बनाउन सबै पक्षलाई अपिल गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...