नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

Author

सजिलो पत्रिका

२०८२ फागुन २९, शुक्रबार

23
Share
Featured

काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो । उहाँ दुई साताअघि नै नेपाल आउनुभएको थियो । स्वीट्जरल्यान्डमा जन्मिनुभएका एरिना इटालियन नागरिक हुनुहुन्छ । एएफसी प्रो–लाइसेन्स प्रशिक्षक उहासँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ । उहाँले पछिल्लोपटक लाओसको सिनियर र युवा राष्ट्रिय फुटबल टोली सम्हाल्नुभएको थियो ।

एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही चैत १२ गते हङकङसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ । एरेनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

प्रशिक्षक एरिनाले नेपाली खेलाडीहरूमा क्षमता रहेको र राम्रा खेलाडीहरूको सङ्ख्या बढाउने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

यो समाचारमा

काठमाडौँअखिल नेपाल फुटबल संघ (एन्फा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...