हेलिकप्टरबाट उद्धार गरिएकी जुम्लाकी सुत्केरीको सुर्खेतमा मृत्यु

Author

सजिलो पत्रिका

२०८२ फागुन २९, शुक्रबार

37
Share
Featured
  • जुम्लाकी १८ वर्षीया सुत्केरी अस्मिता नेपालीलाई गम्भीर अवस्था भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइए पनि उपचारका क्रममा मृत्यु भएको छ।
  • घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समय व्यथा लागेर अवस्था जटिल बनेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो।
  • प्रतिष्ठानमा शल्यक्रिया गरिएपछि पनि स्वास्थ्य सुधार नभएपछि सुर्खेत रिफर गरिएको थियो, तर उपचारकै क्रममा गएराति १ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जुम्लाबाट थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएकी १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–३ की नेपालीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो।

अस्पतालका अनुसार उपचारकै क्रममा गएराति १ बजे उनको मृत्यु भएको हो। सुरुमा घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल बनेपछि मात्र उनलाई प्रतिष्ठान पुर्‍याइएको थियो। प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। घरमै सुत्केरी गराउने जोखिमपूर्ण प्रयास र ढिलो गरी अस्पताल पुर्‍याउँदा उनको ज्यान गएको हो।

यो समाचारमा

तिला गाउँपालिकाकाठमाडौँजुम्लाकर्णाली प्रदेश
सुर्खेत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...