विचार र व्यवहारबीच तालमेल नहुँदा कम्युनिस्ट आन्दोलनमा संकट-नेतृ भट्टराई

Author

सजिलो पत्रिका

२०८२ फागुन २८, बिहिबार

19
Share
Featured
  • विद्या भट्टराईका अनुसार कम्युनिस्ट पार्टीहरू आफ्नै दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा अहिलेको राजनीतिक अवस्था आएको हो।
  • उनले परिवर्तनका लागि विचार, आदर्श र व्यवहारबीच एकरूपता आवश्यक रहेको बताइन्।
  • भट्टराईले विगतका कमजोरीको वस्तुगत समीक्षा गरी रचनात्मक संवादमार्फत पार्टी सञ्चालन शैली सुधार गर्नुपर्ने सुझाव दिएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेतृ तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नै दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा वर्तमान राजनीतिक परिस्थिति सिर्जना भएको बताएकी छन्।

उनले कम्युनिस्ट शक्तिहरू परिवर्तनको पक्षधर हुनुपर्ने र त्यसका लागि विचार, आदर्श र व्यवहारमा एकरूपता हुनुपर्नेमा व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गरिन्। "दर्शन र सिद्धान्त एकातिर, व्यवहार अर्कोतिर हुँदा अहिलेको अवस्था आएको हो," उनले भनिन्।

नेतृ भट्टराईले अबका दिनमा विगतका कार्यशैली र व्यवहारगत कमजोरीहरूको वस्तुगत समीक्षा गर्न र सबै पक्षलाई रचनात्मक संवादमा जोडिन आग्रह गरेकी छन्। यसपटकको निर्वाचनमा उम्मेदवार नरहेकी भट्टराईले पार्टी सञ्चालनको सोच र शैलीमा सुधारको आवश्यकता औँल्याएकी हुन्।

यो समाचारमा

विद्या भट्टराईनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...