कांग्रेसमा एकता र रूपान्तरण आवश्यक : गोपालमान श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ फागुन २७, बुधबार

23
Share
Featured

काठमाडौँ

गोपालमान श्रेष्ठले गगन थापालाई सम्बोधन गर्दै नेपाली काँग्रेसभित्र एकता र रूपान्तरणको आवश्यकता रहेकाे बताएका छन् । उनले हालै सम्पन्न संघीय संसदको निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

श्रेष्ठले देश अहिले पुनः लयमा फर्कने प्रक्रियामा रहेको उल्लेख गर्दै गगन थापाको नेतृत्वले पार्टीभित्र आशा र दिशानिर्देश दिएको बताए । उनका अनुसार निर्वाचन परिणामले कांग्रेसकाे समयसापेक्ष बन्न, युवाहरूको आकांक्षा आत्मसात गर्न र संगठनात्मक रूपान्तरण गर्न स्पष्ट सन्देश दिएको छ ।
उनले यो परिणामलाई केवल नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुसार पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने बताए । श्रेष्ठले अब वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

गगन थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीका कार्यकर्ताहरूलाई अझ दृढ बनाएको उनले उल्लेख गरे । उनले यस्तो कठिन अवस्थामा पार्टीभित्र निराशा वा विचलन ल्याउनु देश र पार्टी दुवैका लागि हितकर नहुने भन्दै सबै कांग्रेसीजन एकढिक्का भएर साथ दिनुपर्ने धारणा व्यक्त गरे ।

गगन थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीका कार्यकर्तालाई अझ दृढ बनाएको उनले उल्लेख गरे ।

यो समाचारमा

नेपाली काँग्रेसगगन थापाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...