अन्तर्राष्ट्रिय नारी दिवसमा शुभकामना दिर्दै बालेनले भने– 'नारीको सम्मानबिना समाज समुन्नत हुँदैन'

Author

सजिलो पत्रिका

२०८२ फागुन २४, आइतबार

16
Share
Featured
  • रास्वपाका नेता बालेन्द्र शाह (बालेन) ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नेपाली महिलालाई शुभकामना दिएका छन्।
  • उनले संस्कृत श्लोक “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः” उद्धृत गर्दै नारीलाई जननी, अभिभावक र साथीका रूपमा सम्मान गर्नुपर्ने बताएका छन्।
  • बालेनले नारीको सम्मान, समानता र सशक्तीकरणमै समुन्नत समाजको आधार रहेको उल्लेख गर्दै उनीहरूको अधिकार र उज्ज्वल भविष्यको कामना गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) को अवसरमा सम्पूर्ण नेपाली नारीहरूलाई शुभकामना दिएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले नारीप्रति उच्च सम्मान प्रकट गरेका हुन्।

रास्वपाका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार समेत रहेका शाहले संस्कृत श्लोक ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ उद्धृत गर्दै नारीलाई जननी, अभिभावक र साथीको रूपमा चित्रण गरेका छन्। उनले लेखेका छन्, "समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ।"

बालेनले नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दै समाज विकासमा उनीहरूको भूमिका अतुलनीय रहेको उल्लेख गरेका छन्। निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक भएको उनको यो सन्देशलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।


यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)प्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...