अर्धकट्टीसहितको मतपत्र भेटिएपछि डोल्पामा निर्वाचन रद्द गर्न माग

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

26
Share
Featured
  • डोल्पामा नेकपा एमाले, राप्रपा, प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारहरूले संयुक्त रूपमा निर्वाचन रद्द गर्न माग गरेका छन्।
  • काइके गाउँपालिका–४ र ५ मा मतगणनाको क्रममा अर्धकट्टीसहितका मतपत्रहरू भेटिएपछि उजुरी दर्ता गरिएको हो। उम्मेदवारहरूले मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएका मतपत्र र कर्मचारी मिलेमतोको आरोप लगाएका छन्।
  • मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारती का अनुसार विवाद निर्वाचन आयोगको कार्यविधिअनुसार समाधान गरिनेछ र विवादित केन्द्रको मतगणना पुनः सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

डोल्पामा निर्वाचनका क्रममा धाँधली भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले), राप्रपा, प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारहरूले संयुक्त रूपमा निर्वाचन रद्द गर्न माग गरेका छन्। काइके गाउँपालिका–४ र ५ को मतगणनाका क्रममा अर्धकट्टीसहितका मतपत्रहरू भेटिएपछि उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

उम्मेदवारहरूले मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएका ५ वटा अर्धकट्टीसहितका मतपत्र र थप ७ वटा अर्धकट्टीहरू फेला परेको दाबी गरेका छन्। उनीहरूले यस घटनामा कर्मचारी संयन्त्रकै मिलेमतो रहेको आरोप लगाउँदै निर्वाचन रद्द नगरिए उच्च अदालत जाने चेतावनी दिएका छन्।

मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले निर्वाचन आयोगको कार्यविधिअनुसार विवाद समाधान गरिने जानकारी दिएका छन्। विवादित केन्द्रको मतगणना पुनः सुरु गर्नका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको उनले बताए। यस विवादका कारण डोल्पाको मतगणना कार्य प्रभावित भएको छ।

यो समाचारमा

प्रगतिशील लोकतान्त्रिक पार्टीकाठमाडौँडोल्पानेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...