काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको 'क्लिनस्वीप'

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

23
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी ले काठमाडौंका १० वटै प्रतिनिधिसभा क्षेत्रमा जित हासिल गर्दै ऐतिहासिक ‘क्लिनस्वीप’ गरेको छ।
  • काठमाडौंका विभिन्न क्षेत्रबाट रञ्जु दर्शना, सुनिल केसी, राजुनाथ पाण्डे, सस्मित पोखरेल, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल लगायतका उम्मेदवार विजयी भएका छन्।
  • अधिकांश क्षेत्रमा रास्वपाले नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै काठमाडौंमा पुराना दलहरूको पकड कमजोर देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गर्दै 'क्लिनस्वीप' गरेको छ। २०७९ को निर्वाचनमा ४ क्षेत्र जितेको रास्वपाले यसपटक ती क्षेत्र जोगाउँदै थप ६ क्षेत्रमा जित निकालेर सबै १० सिट आफ्नो पोल्टामा पारेको हो।

निर्वाचित हुनेहरूमा काठमाडौं १ बाट रञ्जु न्‍यौपाने दर्शना, २ बाट सुनिल केसी, ३ बाट राजुनाथ पाण्डे, ४ बाट पुकार बम र ५ बाट सस्मित पोखरेल रहेका छन्। त्यसैगरी, क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोल प्रसाद अर्याल र १० मा प्रदिप विष्ट विजयी भएका छन्।

शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठले आफ्नो जित दोहोर्‍याएका छन् भने २०७९ मा काठमाडौं २ बाट जितेकी सोविता गौतम यसपटक चितवन ३ बाट उम्मेदवार बनेकी थिइन्।

अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले भारी मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई पराजित गरेका छन्। काठमाडौं १० मा प्रदिप विष्टले सबैभन्दा बढी ३७ हजार ४६९ मत प्राप्त गरेका छन् भने काठमाडौं ९ मा डोलप्रसाद अर्याल ३५ हजारभन्दा बढी मतका साथ विजयी भएका छन्। काठमाडौं ३ मा राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरेका हुन्। यो नतिजासँगै काठमाडौंमा पुराना राजनीतिक दलहरूको पकड पूर्ण रूपमा कमजोर देखिएको छ।

यो समाचारमा

कुलमान घिसिङपुकार बमविराजभक्त श्रेष्ठडोल प्रसाद अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...