'घण्टी' को लहर समानुपातिकमा पनि:५९ प्रतिशत मतका साथ पहिलो स्थानमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

36
Share
Featured
  • समानुपातिकतर्फ २८,३४० सदर मतमध्ये रास्वपाले १६,७२६ मत (करिब ५९%) प्राप्त गर्दै स्पष्ट अग्रता लिएको छ।
  • नेपाली कांग्रेस ४,९८७ मतसहित दोस्रो, राप्रपा २,५३६ मतसहित तेस्रो स्थानमा छन्।
  • नेकपा एमाले १,८०२ मतसहित चौथो, अन्य दलहरू अझै पछाडि छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ सशक्त नतिजा ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि भारी मत प्राप्त गरेको छ। हालसम्म गणना भएको २८ हजार ३४० सदर मतमध्ये रास्वपाले १६ हजार ७२६ मत (करिब ५९ प्रतिशत) हासिल गर्दै आफ्नो वर्चस्व कायम गरेको हो।

रास्वपाको यो लहरका बीच पुराना दलहरू निकै पछाडि देखिएका छन्। नेपाली काँग्रेसले ४ हजार ९८७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ५३६ मत पाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) १ हजार ८०२ मतका साथ चौथो स्थानमा खुम्चिएको छ। यस्तै, श्रम संस्कृति पार्टीले ६८६ र नेपाली कम्युनिष्ट पार्टीले ५६४ मत प्राप्त गरेका छन्। प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि रास्वपाले अन्य दलहरूलाई ठूलो मतान्तरले पछि पारेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँप्रतिनिधि सभा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...