काठमाडौं-१ मा विजयी भएपछि रञ्जुले भनिन्– 'यो विवेकशील राजनीतिको जित हो'

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

21
Share
Featured
  • काठमाडौं–१ बाट निर्वाचित रास्वपाकी रञ्जु न्यौपानेले आफ्नो जितलाई वैकल्पिक र विवेकशील राजनीतिको जित भएको बताइन्।
  • उनले ३५–३६ वर्षदेखि नागरिकलाई धोका दिनेहरूलाई मतदाताले अस्वीकार गरेको टिप्पणी गरिन्।
  • मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उनले अब जनअपेक्षाअनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु न्‍यौपाने दर्शना ले आफ्नो जितलाई वैकल्पिक र विवेकशील राजनीतिको जित भएको बताएकी छन्। शुक्रबार निर्वाचनको औपचारिक घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ३५–३६ वर्षदेखि नागरिकलाई धोका दिनेहरूका लागि मतदाताले ढोका बन्द गरिदिएको टिप्पणी गरिन्।

आफूलाई निर्वाचित गराउने मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै न्यौपानेले अब काम गरेर देखाउनुपर्ने चुनौती थपिएको बताइन्। "यो जित हाम्रा लागि सुखद तर चुनौतीपूर्ण छ," उनले भनिन्, "वास्तविक लडाइँ (रियल फाइट) त अब सुरु हुँदैछ।" उनले विशेष परिस्थितिमा भएको यस निर्वाचनमा मतदाताले परिवर्तनको पक्षमा स्पष्ट सन्देश दिएको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत जनाइन्।

यो समाचारमा

प्रतिनिधि सभाराष्ट्रिय स्वतन्त्र पार्टीरञ्जु न्‍यौपाने दर्शनाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट गरिएका यी कृतिमध्ये एकलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिने जनाएको छ। अन्तिम सूचीमा परेका कृतिहरूमा पाँचवटा उपन्यास छन्। यसैगरी एउटा कथासंग्रह र एउटा कवितासंग्रह छन्।

    Data is loading...

    Loading brands...

    Loading footer...