गुल्मी-१ मा स्थापित नेताहरूलाई पछि पार्दै सागर ढकालको फराकिलो अग्रता

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

30
Share
Featured
  • गुल्मी–१ मा रास्वपाका सागर ढकाल १,४१३ मतसहित शीर्ष स्थानमा छन्।
  • एमालेका प्रदीप ज्ञवाली ५७९ र कांग्रेसका डा. चन्द्र भण्डारी ५७१ मतसहित ढकालभन्दा धेरै पछाडि छन्; ढकाल र ज्ञवालीबीच ८३४ मतको अन्तर छ।
  • माओवादी केन्द्रका सुदर्शन बराल ४४५ मतसहित पछाडि छन्; मतगणना जारी रहँदा नयाँ अनुहारप्रति मतदाताको आकर्षण देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गुल्मी क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले स्थापित दलका शीर्ष नेताहरूलाई निकै पछाडि पार्दै सनसनीपूर्ण अग्रता लिएका छन्। दशकौँदेखि गुल्मीको राजनीतिमा वर्चस्व जमाउँदै आएका नेकपा एमालेका प्रदिप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीलाई ढकालले आधाभन्दा बढी मतको अन्तरले पछि पारेका हुन्।

पछिल्लो मत परिणाम अनुसार सागर ढकालले १,४१३ मत प्राप्त गर्दा प्रदिप ज्ञवालीले ५७९ र डा. चन्द्र भण्डारीले ५७१ मत पाएका छन्। ढकाल आफ्ना निकटतम प्रतिस्पर्धी ज्ञवालीभन्दा ८३४ मतले अगाडि छन्। यस्तै, माओवादी केन्द्रका सुदर्शन बराल ४४५ मतका साथ प्रतिस्पर्धामा टिकिरहन संघर्षरत देखिएका छन्।

यो सुरुवाती नतिजाले गुल्मीमा मतदाताको मनोविज्ञानमा ठूलो परिवर्तन आएको र नयाँ अनुहारप्रतिको तीव्र आकर्षण रहेको संकेत गरेको छ। दुई प्रभावशाली नेताहरूबीचको दशकौँ लामो प्रतिस्पर्धालाई चिर्दै युवा उम्मेदवार ढकालले लिएको यो अग्रतालाई निकै चासोका साथ हेरिएको छ। यहाँ मतगणना कार्य जारी छ।

यो समाचारमा

गुल्मीराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँसागर ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...